|

कपिलवस्तु :  अनुशासनको धज्जी उडाउँदै कपिलवस्तुका कांग्रेस नेताहरूले एक अर्कालाई कारबाही सिफारिस गरेका छन्। 

स्थानीय निर्वाचन देखि संसदीय निर्वाचनमा पार्टीलाई असहयोग गरेको भन्दै संस्थापन पक्ष र इतर पक्षहरू बिचको विवाद उत्कर्षमा पुगेको छ।

क्षेत्र न ३ मा उम्मेदवार अभिषेक प्रताप साहले संसदीय निर्वाचनमा असहयोग गरेको भन्दै जिल्ला सभापति अब्दुल कलामसहित १५ जनालाई कारवाहीको लागि सभापति  समक्ष सिफारिस गरेका छन्। 

जिल्ला सभापति कलाम, उपसभापति हुमाकान्त खनाल, सचिव प्रेम रायमाझी, क्षेत्रीय सभापति ब्रमानन्द उपाध्याय, जिल्ला प्रवक्ता इश्वरीप्रसाद पाण्डे, सदस्य हरि पोख्रेल, प्रदेशसभा सदस्य पदका उम्मेदवार वीरेन्द्र कनोडिया लगायतलाई साधारण सदस्य समेत नरहने गरि कारबाही गर्न माग गरेका छन्।

यता क्षेत्रीय सभापति ब्रमानन्द उपाध्यायले शाह सहित ७ जनालाई कारवाहीको लागि जिल्ला सभापतिलाई पत्र लेखेका छन्। कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाह,जमिल खाँ, किफायत उल्लाह खा लगायतलाई स्थानीय तह तथा संसदीय निर्वाचनमा पार्टी उम्मेदवार विरुद्ध गतिविधि गरेको आरोप लगाएका छन्।

तीन निर्वाचन क्षेत्र रहेको कपिलवस्तुका घात अन्तर्घातको कारण एउटा मात्र सिट जितेको हो। शाहलाई स्थानीय तहमा राप्रपाका उम्मेदवारलाई सहयोग गरेको आरोप लाग्दै आएको छ भने शाह उम्मेदवार बन्दा कांग्रेस नेताहरूले त्यसको बदला लिएको आरोप रहेको छ। इतर समूहका नेताहरुले एमाले र जनता प्रगतिशिल पाटीका उम्मेदवारलाई सहयोग गरेको बताइएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.