|

दाङ : लुम्बिनी प्रदेशसभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण पुस १६ गते स्थायी राजधानी दाङमा हुने भएको छ।

प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले पुस १६ गते दिउँसो १ बजे नवनिर्मित प्रदेशसभा भवनमा शपथ ग्रहण समारोह आयोजना गर्न प्रदेश प्रमुखसमक्ष सिफारिश गर्ने निर्णय गरेको प्रवक्ता तथा आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले जानकारी दिए।

प्रदेशको पहिलो अधिवेशन पुस १८ गते आह्वान गर्ने निर्णय भएको छ। मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले लुम्बिनी प्राविधिक विश्वविद्यालयको विनियम स्वीकृत गर्ने, पूर्व नवलपरासीमा स्वागतद्वार निर्माण गर्न स्थानीय तहलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.