|

हेटौंडा : कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचन शुरु भएको छ।

निर्वाचन शुरु हुनु केही बेरअगाडि संसदीय दलको नेताका प्रतिस्पर्धी बहादुरसिंह लामा र इन्द्रबहादुर बानियाँले एक अर्कालाई शुभकामना दिएका थिए।

सर्वसम्मत रुपमा दलको नेता चयन हुन नसकेपछि निर्वाचन भएको हो। नेपाली कांग्रेसको केन्द्रीय सदस्य बहादुर सिंह लामा र इन्द्र बहादुर बानियाँले उम्मेदवारी दिएका छन्।

बानियाँ यसअघि पनि संसदीय दलको नेता थिए। उनीहरू दुवैजना संस्थापन पक्षका हुन्। ३७ जना प्रदेशसभा सदस्य रहेको कांग्रेस संसदको सबैभन्दा ठूलो दल हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.