|

काठमाडौं : नेपाली कांग्रेस प्रदेश १ ले आज संसदीय दलको नेता चयन गर्दै छ। 

नेता चयनका लागि विहान ९ बजेदेखि मतदान हुने निर्वाचन कार्यतालिका छ। संसदीय दलको नेता बन्न तीन जनाले मनोनयन दर्ता गरेको निर्वाचन समितिका संयोजक रमेशजङ्ग रायमाझीले जानकारी दिए। 

उनका अनुसार प्रदेश १ का सभापति उद्धव थापा, केन्द्रीय सदस्य अमृत अर्याल र केदार कार्कीले उम्मेदवारी दर्ता गरेका छन्।  यसअघि दलको नेतामा दावी गर्दै आएका केन्द्रीय सदस्य भीम पराजुली उद्धव थापाको प्रस्तावक हुन्। अर्याल संविधानसभा सदस्य तथा मोरङ–५ प्रदेशसभा २ बाट प्रदेशसभामा निर्वाचित संसद हुन भने प्रदेश सभापति थापा समानुपातिक सांसद र कार्की मोरङ ६ प्रदेशसभा २ बाट दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।

कार्की हाल प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री छन्।  यस्तै अर्यालको प्रस्तावकमा सोलुखुम्बुकी डोल्मा तामाङ र समर्थकमा सुनसरीकी सुनिताकुमारी गुरूङ छन्। त्यस्तै थापाको प्रस्तावकमा मोरङका भीम पराजुली र समर्थकमा खोटाङका भूपेन्द्र राई तथा कार्कीको प्रस्तावकमा उदयपुरका रामकुमार खत्री र समर्थकमा इलामका शम्शेर राई रहेका छन्।  

प्रदेश १ को प्रदेशसभामा नेपाली कांग्रेसका प्रत्यक्षमा १७ र समानुपातिकमा १२ गरी २९ सांसद छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.