|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा फउल खेले रेड कार्ड पाइने टिप्पणी गरेका छन्। 

आइतबार मदन भण्डारी स्पोर्ट एकेडेमीको १४ औं स्थापना दिवसको अवसरमा एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसतर्फ लक्षित गर्दै राजनीतिमा फउल खेल्ने खेलाडी रेड कार्ड पाएर आउट हुने बताए। 

मेसी, एम्बाप्पे, रोनाल्डोलगायत विश्वविख्यात खेलाडीहरूको उदाहरण दिँदै उनले राजनीतिमा पनि फउल खेल्ने खेलाडी उत्कृष्ट खेलाडी हुन नसक्ने बताए। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेको र कांग्रेस सत्ताको रिङबाट बाहिर रहेको प्रसंग कोट्याउँदै अध्यक्ष ओलीले फउल खेले राजनीतिमा पनि रेर्ड कार्ड पाइने उल्लेख गरेका छन्। 

‘खेलाडीले कोचले सिकाएको अनुसार चल्न पर्‍यो। ती कुरा मानेन भने खेल हुँदैन। राम्रो खेलाडी त्यो हुन्छ जसले अनुशासनको पालना गर्छ। राम्रो खेलाडीले पोस्टमा गोल हान्छ। नराम्रो खेल्ने खेलाडीले अर्काको खुटमा हान्छ। फउल खेल्ने खेलाडी उत्कृष्ट खेलाडी हुन सक्दैन। हामीलाई चाहिएको समाज फल नखेल्ने समाज। राजनीतिमा पनि फउल खेल्न हुँदैन। फउल खेल्यो भने एल्लो कार्ड, कहिलेकाहीँ त रेड कार्ड नै दिएर आउट गरिन्छ, सफल हुन अनुशासित भई निष्पक्ष तरिकाले खेल्नुपर्छ,’ उनले भने। 

उनले मन्त्रिमण्डल विस्तार गर्न केही समय लाग्नेसमेत बताएका छन्। अध्यक्ष ओलीले अहिले खेलकुदमन्त्री नभएको र केही दिनपछि मन्त्रिपरिषद् विस्तार हुने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.