|

काठमाडौँ : शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निष्क्रिय रहेका सामुदायिक सिकाइ केन्द्रहरूको व्यवस्थापन समिति विघटन गरी अर्को व्यवस्थापन समिति गठन गर्न सबै स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ।

स्रोत विकास केन्द्रले मंगलबार सूचना जारी गर्दै नयाँ समिति गठन गरी सक्रिय रूपमा सञ्चालन हुने व्यवस्था मिलाउन निर्देशन दिएको हो।

विकास केन्द्रले उत्कृष्ट कार्यसम्पादन भएका सामुदायिक सिकाइ केन्द्रहरूलाई नमुना सामुदायिक सिकाइ केन्द्रको रूपमा विकास गर्ने र त्यसको जानकारी मानव स्रोत विकास केन्द्रमा पठाउने व्यवस्था मिलाउनु पनि भनेको छ। 

यसैगरी सामुदायिक केन्द्रहरूलाई आफ्नो सेवा क्षेत्रका शैक्षिक, सांस्कृतिक, प्राकृतिक, आर्थिक, वित्तीय विवरणका सूचना तथ्यांकहरूको अभिलेख राख्न लगाउनुपर्ने पनि विकास केन्द्रले भनेको छ। साक्षरता, निरन्तर शिक्षा तथा जीवन पर्यन्त शिक्षासँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन तथा व्यवस्थापनमा सामुदायिक सिकाइ केन्द्रको विशेष योगदान रहने गर्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.