वडा २८ का अध्यक्षले भने : डिपिआरकाे तयारी रोक्नू

|

काठमाडौँ : काठमाडौँ महानगरपालिकाको खुलामञ्जमा तीनतले भूमिगत पार्किङ बनाउने योजनामा महानगरकै जनप्रतिनिधिहरूले असन्तुष्टि जनाएका छन्।

महानगरपालिका वडा नं २८ का वडाध्यक्ष भाइराम खड्गीले बिनाछलफल हुन लागेको डिपिआरको कार्य तत्काल रोक्न भन्दै महानगरप्रमुख बालेन्द्र साहलाई लिखित पत्र पठाएका छन्। 

पुस १७ गते पठाएको उक्त पत्रमा विज्ञ, सम्पदाप्रेमीहरूको छलफलबिना भूमिगत पार्किङ बनाउन लागिएकाले यी कार्य रोक्नु भनिएको छ।

‘यी काम तत्कालै रोक्ने व्यवस्था गरी अन्य विकल्प खोज्न अनुरोध छ’, पत्रमा भनिएको छ। भूमिगत पार्किङ बनाउने महानगरपालिकाको यो योजनाप्रति चौतर्फी विरोध भएको छ। सम्पदाप्रेमीहरूले ऐतिहासिक खुलामञ्जमा पार्किङ नबनाउन भन्दै हिजो महानगरका प्रमुख शाहलाई ध्यानाकर्षणपत्र समेत बुझाएका छन्। खुलामञ्ज वडा नं २८ मा पर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.