|

बैतडी : जिल्ला प्रशासन कार्यालय बैतडीको नेतृत्वमा यहाँको सदरमुकामका बजार क्षेत्रमा अनुगमन गरिएको छ। गढी र गोठलापानी बजार अनुगमनका क्रममा ४ वटा पसललाई कारवाही गरिएको छ।

प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार म्याद नाघेका सामग्री बिक्री गर्ने र त्यस्ता सामग्री भण्डारण गरेका व्यापारी/पसलेलाई कारवाही गरि जरिवाना असुल गरिएको छ। अनुगमनका क्रममा ४ जना व्यापारीलाई ५ हजारका दरले जरिवाना गरि २० हजार रूपैयाँ असुल गरिएको हो।

यसका साथै अनुगमनका क्रममा अखाद्य तथा म्याद नाघेका, लेबल अर्थात उत्पादन तथा उपभोग्य मिति उल्लेख नभएका सामान बरामद गरि नष्ट गरिएको छ।उपभोक्ताहरूलाई कुनै पनि सामान खरिद गर्दा अनिवार्य रुपमा उत्पादन र उपभोग्य मिति हेरेर मात्र किन्न आग्रह गरिएको छ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालय बैतडीसहित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, सुरक्षा निकायका प्रतिनिधि र स्थानीय तहका जनप्रतिनिधिको सहभागिता थियो।

पछिल्लो समय बैतडीमा नियमित रुपमा बजार अनुगमन भइरहेको प्रमुख जिल्ला अधिकारी पन्थीको भनाइ छ। बजारमा म्याद गुज्रेका सामग्री बिक्री वितरण नहोउन् भनेर तथा कालोबजारी र महँगी नियन्त्रण गर्न बजार अनुगमन गरिन्छ। बजार अनुगमनले व्यापारी र उपभोक्ता दुवै सचेत हुन्छन्।

गत वर्ष बजार अनुगमनबाट ४६ हजार ६८७ बराबरको म्याद नाघेको सामग्री बरामद गरि नष्ट गरिएको थियो। अनुगमनका क्रममा ३३ व्यवसायीमाथि कारवाही गरिएको थियो। उक्त कारवाहीबाट २ लाख ४५ हजार जरिवाना असुल भएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.