|
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेस पदाधिकारी बैठकमा सभामुख र उपसभामुखको निर्वाचनबारे छलफल भएको छ। 

सभापति शेरबहादुर देउवाले आफ्नै निवास धुम्बाराहीमा बोलाएको बैठकमा सभामुख र उपसभामुखको चुनावका सन्दर्भमा केन्द्रित भएर छलफल भएको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए। उनका अनुसार बिहीबारको बैठकमा धेरैजसो पदाधिकारी अनुपस्थित रहे। 

‘विशेषगरी माघ ५ र ७ गते हुने सभामुख र उपसभामुखको निर्वाचनका सन्दर्भमा छलफल भयो।’ पाण्डेले भने, ‘हाम्रो मात्रै मतले जित्ने अवस्था छैन। संसदमा रहेका सत्तापक्ष वा विपक्ष दलसँग पनि कुराकानी गरेर उम्मेदवार उठाउने नउठाउने निर्णय गर्छाैं।’ 

उनले राष्ट्रपति निर्वाचन अलि पछि हुने भएकाले त्यस विषयमा कुराकानी नभएको बताए। कांग्रेसले सभामुखमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सहयोग गर्ने अपेक्षा राखेको छ। 

तर नयाँ सत्ता समीकरणमा भने सभामुख नेकपा एमालेले पाउने सहमति भएको छ। उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीको दाबी छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.