|

काठमाडौं :  नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका छन्।

शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा एक कार्यक्रमबीच सभामुख घिमिरेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथग्रहण गरेका हुन्।

घिमिरे बिहीबार प्रतिनिधि सभाको सभामुख निर्वाचित भएका हुन्।

शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहालसहित, कामु प्रधानन्यायाधीश र राष्ट्रिय सभाका अध्यक्ष उपस्थित थिए।

सभामुखको शपथ लिनुअघि घिमिरेले नेकपा एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट राजीनामा दिइसकेका छन्। सभामुखमा निर्वाचित भएपछि उनले एमालेको पार्टी सदस्यता, पार्टीका सम्पूर्ण राजनीतिक, साङ्गठनिक जिम्मेवारीबाट राजीनामा दिएका हुन्। 
 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.