|

काठमाडौं : नेपालले घरेलु मैदानमा आजदेखि नामिबिया, स्कटल्याण्ड र नेपाल सम्मिलित त्रिकोणत्मक सिरिज खेल्दै छ।

सिरिजको पहिलो खेल आज नेपाल र नामिबियाबीच हुदै छ। आजदेखि हुने यो त्रिकोणीय सिरिज फागुन ९ गतेसम्म संचालन हुने छ। 

यस सिरिजमा तिनै टिमले एक अर्काविरुद्ध दुई दुई खेल खेल्ने छन्। नेपालले नामिबियाविरुद्ध आज खेल्ने छ भने स्कटल्याण्डविरुद्ध फागुन ५ गते र फागुन ९ गते खेल्ने तालिका रहेको छ।

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल अहिले २४ खेल खेल्दै १८ अंकसहित छैटौं स्थानमा रहेको छ। 

यस सिरिजमा सहभागी स्कटल्याण्ड ३२ खेलमा २२ मा जित र ८ मा हारका साथ ४६ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा रहेको छ। 

लिग टूको विजेता बन्न औपचारिकता बाकीँ रहेको स्कटल्याण्डले यस वर्ष नै आयोजना हुने एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा स्थान बनाईसकेको छ। 

नामिबिया विश्वकप लि टूको शीर्ष तीनमा पर्न सम्भावना भएको अर्को टोली हो। नामिबिया नेपाल भ्रमणका क्रममा शीर्ष तीनको स्थान बलियो बनाउँन चाहान्छ। हालसम्म नामिबिया ३० खेलमा १८ मा जित र ११ मा हारसहित ३७ अंक जोड्दै तेस्रो स्थानमा छ।

शीर्ष तीनमा रहि सिधै विश्वकप छनोट खेल्न नेपालले खेल्न बाँकी सबै १२ खेल जित्नुपर्ने हुन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.