|

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रको प्रतिनिधि बनाइएकोमा आपत्ति जनाएकी छन्। 

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा बोल्दै सांसद श्रेष्ठले एउटा बलात्कार आरोपीलाई राष्ट्रको प्रतिनिधि बनाउन नैतिकताले कसरी दियो? भन्दै प्रश्न गरेकी हुन्। 

त्यस्तै उनले न्यायापालिकाको काम चुस्तदुरुस्त, पारदर्शी र सबैको पहुँचमा हुनुपर्ने बताएकी छन्। सांसद श्रेष्ठले न्यायपालिकाको चुस्तदुरुस्त र पारदर्शी नहुँदा कानुनी मुद्दामा समाज विभाजित भएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।

‘सन्दीप लामिछानेको मुद्दा हेरौँ, त्यो कहिले छिनोफानो गर्छौँ?, यतिका समय लाग्ने हो भने आरोपितको नाम किन सार्वजनिक गरियो,’ थप प्रश्न गर्दै उनले भनिन्, ‘राष्ट्रको प्रतिनिधि भएको व्यक्तित्वको यति ठूलो मुद्दालाई सामान्य बनाउन मिल्ला? एउटा बलात्कार आरोपीलाई राष्ट्रको प्रतिनिधि बनाउन हाम्रो नैतिकताले कसरी दियो ? यो कार्यले पीडितलाई झनै मानसिक यातनाको जोखिममा धकेलेको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.