|

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले कार्यकारिणी समितिको बैठक आइतबार बस्दैछ।

बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा बिहान ११ बजे सुरु हुने जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिए। 

यही फागुन २५ गते हुन गइरहेको राष्ट्रपति र चैत ३ मा हुने उपराष्ट्रपतिको चुनावका लागि पार्टीको भूमिकाबारे छलफल गर्न बैठक बस्न लागेको सुमनले बताए। 

बैठकमा नेकपा एकीकृत समाजवादी पार्टीलगायत अन्य साना दलसँग पनि पार्टी एकीकरणका लागि छलफल गर्ने जसपाले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.