|

काठमाडौं : नेकपा एमालेले राष्ट्रपतिका उम्मेदवार उपाध्यक्ष सुवास नेम्वाङलाई विजयी गराउन कांग्रेस बाहेकका दलहरुलाई पत्राचार गर्ने निर्णय गरेको छ। 

शनिबार बसेको सचिवालय बैठकले राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई विजयी गराउन कांग्रेस बाहेकका दलहरुलाई पत्राचार गर्ने निर्णय भएको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। 

उनले कांग्रेसले आफ्नै उम्मेदवार खडा गरेकाले अन्य दलहरुलाई आजै पत्राचार गर्ने निर्णय भएको बताए। कांग्रेसले राष्ट्रपतिमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.