|

इलाम : बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा उपाधिका लागि एभिनियर फुटबल क्लब क्यामरुन र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) झापाबीच प्रतिस्पर्धा हुने भएको छ।

धरान रंगशालामा जारी प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा एन्फा मोरङलाई २–० अन्तरले हराउँदै एभिनियर केएफटिसीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएको हो ।

खेलको ४५ औं मिनेटमा डिम्बाले गोल गर्दै पाहुना टोली एभिनियरलाई अग्रता दिलाएका थिए। खेलको ८५ औं मिनेटमा मोरङले आत्मघाती गोल गरेपछि एभिनियर सहजै फाइनल प्रवेश गरेको हो। सुजन चौधरीले आत्मघाती गोल गरेका थिए।

खेलको म्यान अफ द म्याच एभिनियरका जिन जियोन घोषित हुँदै नगद १० हजार पाए। एभिनियरले उपाधिका लागि शनिबार काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापासँग खेल्नेछ।

पहिलो सेमिफाइनलमा युकेएफसी भारतलाई ३–१ गोल अन्तरले पराजित गर्दै केएफटिसीले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ। प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रूपैयाँ पाउनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.