|

म्याग्दी : चैत वैशाखमा फुल्नुपर्ने लालीगुराँस माघ महिनादेखि फुल्न सुरु गरेर फागुनमा राताम्मे भएको छ।

धवलागिरि गाउँपालिकाका झकबहादुर छन्त्यालले चैत वैशाखमा फुल्नुपर्ने लालीगुराँस माघमै कोपिला लागेर मध्यफागुनसम्म जंगलै राताम्ये हुनेगरी ढकमक्क भइसकेको बताए। 

पश्चिमी म्याग्दीको मालिका, मंगला, धवलागिरि र उत्तरी म्याग्दीको अन्नपूर्ण, रघुगंगा गाउँपालिकाका विभिन्न जंगलमा  लालीगुराँस फुलेर राताम्य भएको स्थानीयले बताए।  

कृषि प्राविधिक जगत बानियाँले मौसममा आएको परिवर्तनका कारण तापक्रम वृद्धि भएको कारण पनि लालीगुराँस चाँडो फुलेको हुनसक्ने बताए ।
उनका अनुसार उच्च हिमाली क्षेत्रमा चैत दोस्रोदेखि वैशाख महिनासम्म लालीगुराँस फुल्ने समय हो। यसको बारेमा थप अध्ययन गर्नु आवश्यक रहेको उनको भनाइ छ।

लालीगुराँस मात्रै नभएर अन्य फूलसमेत बेमौसममा फुल्न थालेको र अन्नबालीमा समेत असर देखिएको मालिका गाउँपालिका–३ का जगबहादुर विकले बताए। ‘अहिले बेमौसममा नै काफल, तिजुलगायत जंगली फल पाकेको र गुराँस फुलेको देख्न पाइएको छ।’  

वातावरणविद् चन्द्रमणि सापकोटाका अनुसार स्वाभाविक समय अगाडि नै गुराँस फुल्नु र बेमौसमी फल फल्नु स्वाभाविक प्राकृतिक गुण नभएर वातावरणीय असर हो। उनका अनुसार जलवायु परिवर्तनका कारण हिमाल, वनस्पति, मानव स्वास्थ्य र महिलाको प्रजनन प्रक्रियामा समेत धेरै परिवर्तन देखिएका छन्।

लालीगुराँस समय भन्दा अगाडि नै फुलेको भए पनि हिउँद घर्किसक्दा समेत लेकाली क्षेत्रमा मध्यफागुन बितिसक्दा पनि अझै हिमपात भएको छैन। गत आइतबार सामान्य वर्षा भए पनि माटो भिज्नेगरी पानी परेका कारण दा हिउँदे खाद्यान्नको उत्पादन घट्ने भन्दै किसान चिन्तित छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.