|
फाइल फोटो

लमजुङ : सुक्खा पहिराले गएरातिदेखि अवरुद्ध भएको डुम्रे बेँसीसहर सडकखण्ड पुनः सञ्चालनमा आएको छ। 

सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा सुक्खा पहिरा हटाएसँगै शुक्रबार बिहानदेखि पुनः सञ्चालनमा आएको हो। अघिल्लो भदौ महिनामा पहिराले पक्की सडक भत्काएपछि गत वर्ष पुनः पहिरा गएपछि वैकल्पिक सडक खुलाइएको सो स्थानमा ढुंगामाटो झरेर अवरुद्ध भएको थियो। 

डुम्रे बेँसीसहर चामे योजना सडक कार्यालय लमजुङका डोजरले पहिरा हटाएपछि रोकिएर बसेको विभिन्न सवारी साधन पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए। उनका अनुसार बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवन, गोरखा, तनहुँ जाने र सो स्थानबाट बेँसीसहर आउने सवारी साधन सञ्चालन भएसँगै यात्रु हर्षित भएका छन्। ४२ किलोमिटर रहेको यस सडकखण्डमा सबैभन्दा बढी यहाँ समस्या भइरहेको छ। दिनहुँजसो सुक्खा पहिराले पटक पटक सवारी साधन रोकिँदै आएको छ। 

पहिरो ठूलो रहेकाले तत्काल दिगोरुपमा समाधानसमेत गर्न सक्ने अवस्था छैन। यस पहिरो मर्मत गर्नका लागि २० करोड रुपैयाँमा ठेक्कासमेत गरिसकेको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयले जनाएको छ। हिउँदमा जसोतसो सवारी साधन चल्दै आए पनि वर्षामा भने ठप्प हुने देखिन्छ । यस सडक हुँदै मनाङवासीसमेत आवतजावत गर्छन्। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.