|

काठमाडौं : मिटरब्याज पीडित र सरकारबीच दोस्रो चरणको वार्ता शुक्रबार हुने भएको छ। 

बिहीबार बेलुका ६ बजे बस्ने भनिएको वार्ता पीडित पक्षबाट नै भोलि बिहानलाई सारिएको हो। गृह मन्त्रालयमा दिउँसो भएको पहिलो चरणको वार्तामा सरकार र मिटरब्याज पीडितले आ-आफ्नो धारणा राखेका मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए।

वार्तामा संघर्ष समितिले प्रधानमन्त्रीलाई लेखेको ९ बुँदे माग सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मालाई बुझाइएको थियो। 

वार्तामा डा. भीष्म भुसालको नेतृत्वमा तयार पारिएको प्रतिवेदन अध्ययन गर्न पीडित पक्षलाई दिइएको थियो। प्रतिवेदनमा भएका कानुनी विषय बुझ्न कानुनविद्को परामर्श आवश्यक परेकाले वार्ता सारिएको पीडित पक्षका वार्ता टोलीका सदस्य संघर्ष दाहालले जानकारी दिएका छन्।

गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखसमेत रहेकी सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा सरकारले वार्ता टोली गठन गरेको छ। 

भोलिको वार्ताबाट ठोस निष्कर्ष निस्कनसक्ने विश्वास प्रवक्ता बस्नेतले व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.