|

ललितपुर : नेकपा माओवादी केन्द्र र माओवादीबाटै फुटेर गएको नेत्र विक्रम चन्द नेतृत्वको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच एकता हुनसक्ने चर्चा चलिरहेको छ।

माओवादी केन्द्रले पार्टी एकता नभनेपनि धुवीकरण या रुपान्तरण हुनुपर्ने बताइरहँदा विप्लव नेकपाले पुरानै माओवादी शक्ति एक हुनै पर्ने बताएको छ। यहाँसम्म कि उनीहरु आफूहरुबाट छुट्टिएर गएका माओवादी शक्तिहरु मात्र नभएर पुरै कम्युनिष्ट पार्टीहरु नै एक भएर जानुपर्नेमा जोड दिन्छन्। दलाल पुँजीवाद हटाएर वैज्ञानिक समाजवादमा पुर्‍याउने उदेश्यमा दुबै पार्टीका शीर्षस्त नेता एकमत छन्। 

ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १० स्थित न्यौपाने गाउँमा विप्लव माओवादीका पोलिटब्युरो सदस्य  चुडामणि वली आर्दशकी माता टंकी कुमारी वलीको स्मृतिमा आयोजित श्रद्धान्जली कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरा अमरसिंह र नेकपा महासचिव नेत्र विक्रम चन्द विप्लवले माओवादी पार्टी टुक्रिए पनि देशमा सामाजिक र आर्थिक रुपान्तरणका लागि मिलेर जानुको विकल्प नभएको बताएका छन्। 

नेपाल कम्युनिष्ट पार्टी उपत्यका ब्युरोको आयोजनामा भएको कार्यक्रममा पूर्व उपप्रधान तथा गृहमन्त्री महराले अहिले फुटेर रहेका माओवादी शक्तिहरु एक हुनुपर्ने कुरालाई सकारात्मक तवरले लिएको बताए। अझ यति मात्र नभएर वामपन्थी शक्तिहरु नै एक गराउने हाम्रो चाहना छ , उनले भने। 

विप्लव र माओवादी केन्द्र दुवैमा कमजोरी रहेको बताउँदै उनले पार्टी एकता भन्दा पनि रुपान्तरणमा जानुपर्ने बताए। उनको अबको चाहना यी पार्टीहरुबीच नयाँ पोलोराइजेसनको आवश्यकता रहेको छ। विप्लवसँग यही विषयमा धेरै पटक छलफल भइसकेको पूर्व उपप्रधानमन्त्री महराले बताए। यही कुरा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि आफूहरुले लागि सकेको उनले सुनाए।  

 उनका अनुसार आफूलाई मुद्दा लागेपछि पार्टी अध्यक्ष प्रचण्डको मन यतैतीर फर्किएको छ र्।  पार्टीलाई एक बनाउने कुरामा आफहरुको पार्टीभित्र र बाहिरपनि छलफल चलिरहेको छ , हामी पहिले जस्तै एकताको दुरी नजिक पुगीसकेका छौ, उनले भने र,  हामी पार्टी एकता भन्दा पनि पार्टी रुपान्तरण र धुर्वीकरण आवश्यक छ , हाम्रो लक्ष्य समाजवादी केन्द्र बनाउने हो।  

उनका अनुसार जनयुद्ध सँगै लडेका माओवादीबाट अलग्गीएका १० वटा धार सहित निर्वाचन आयोगमा दर्ता भएका २६ वटा कम्युनिष्ट पार्टी र बाहिर रहेका ६ पार्टीलाई समेटेर समाजवादी केन्द्र बनाउनु छ।  सभामुख र पटक पटक संचार मन्त्री भइसकेका महराले पहिलेकै तरिकाले हतियार उठाएर अब क्रान्ति संभव नभएकाले नयाँ ढंगले क्रान्ति गर्नुपर्ने आवश्यकता औँल्याए। विदेशीको इशारामा भन्दा पनि आफ्नै तागतमा चल्नुपर्ने बताए। 

श्रद्धान्जली कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले दलाल पूँजीवादलाई हटाएर वैज्ञानिक समाजबादमा पु¥याउनका लागि माओवादी विचको एकता आवश्यक रहेको बताए। अहिले विदेशी मालिककोमा गएर घुँडा टेक्दै सत्ता चलाउनेहरुलाई यहीका जनता समेटेर विदेशी हस्तक्षेप विरुद्ध लड्नुपर्नेमा उनको जोड छ। त्यसका निम्ति छरिएर रहेका माओवादी शक्ति एक हुनुपर्ने आवश्यकता औल्याए र्। वैज्ञानिक समाजबादमा जान माओवादीहरु त मिल्नैपर्छ , उनले भने र्, योसँगै अरु कम्युनिष्ट शक्तिहरु पनि एकै ठाउँमा आउनुपर्छ। इतिहासको रक्षा गर्नुपर्ने बताउँदै उनले जनताका निम्ती गरिएको जनयुद्धलाई अपराधसँग जोडेर हेर्न नहुने बताए। 

अब समाजमा रुपान्तरण ल्याउनका लागि नयाँ खाले सांस्कृतिक क्रान्ति ल्याउनुपर्ने उनले बताएका छन्। जातजातीका नारा दिएर समाजलाई विखण्डन गराउनु नहुने तर्क उनको छ। उनले हिमाल , पहाड र तराई सबै एक भएमा मात्र देशको विकास हुने स्पष्ट पारे। 

कार्यक्रममा गंगादेव गाउँपालिकाका पूर्व अध्यक्ष वीरबहादुर खत्रीले क्रान्तिकारी कम्युनिष्ट एक हुनुपर्नेमा जोड दिए। नेता चुडामणी वलीकी माता टंकी कुमारी वलीको ८५ वर्षको उमेरमा गएको शनिबार बिहान निधन भएको थियो। 

रोल्पाको गंगादेव गाउँपालिका ३ स्थायी घरभई गोदावरी १० न्यौपानेगाउँ बस्ने टंक कुमारी क्यान्सर रोगले पिडित थिइन्। उनकी श्रीमान् , ५ छोरा र ३ छोरी रहेका छन्। एक जना छोरोको माओवादी आन्दोलनका क्रममा ज्यान गएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.