|

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका ३७ वर्षीय वाशुदेव जोशीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सोमबार दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेका सोही ठाउँका २४ वर्षीय महेन्द्र बिष्ट र  २८ वर्षीया धनमती भण्डारी रहेका बैतडीका प्रहरी प्रमुख डिएसपी (प्रहरी नायव उपरीक्षक) प्रेमबहादुर शाहीले जानकारी दिए। मृतक जोशीका दाई पुष्पराज जोशीले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा बिष्ट र भण्डारीविरुद्ध किटानी जाहेरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको हो।

वाशुदेवको शनिबार राति धारिलो हतियार प्रयोग गरि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। महेन्द्रले चक्कु प्रहार गरि वाशुदेवको हत्या गरेको खुल्न आएको छ। धनमतीले वाशुदेवको हत्या भएको पहिलो खबर घरपरिवारलाई गरेकी बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.