|

धनगढी : दार्चुलामा नाबालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्।

बालिकालाई जर्बजस्ती करणी गरी फरार रहेका उनलाई आज (बिहीबार) पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेर फरार रहेका शैल्यशिखर नगरपालिका–४ काणापारीका ४९ वर्षीय बिसन ठगुन्ना परेका हुन्।

आरोपित ठगुन्नाले गाउँकी सुस्त मनस्थिति भएकी बालिकालाई २०७९ चैत २९ गते जबरजस्ती करणी गरी फरार भएको उजुरी परेको थियो। वैशाख १ गते पीडितका परिवारले प्रहरीमा उनीविरुद्ध उजुरी दिएका थिए।

ठगुन्नालाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले जिल्ला सदरमुकामको बांगाबगडबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले जानकारी दिए।

बालिकाको स्वास्थ्य परीक्षण यसअघि नै भएको थियो। आरोपित ठगुन्नाको पनि स्वास्थ्य परीक्षणपछि अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक सिंहले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.