|

काठमाडौं : नेपालमा शुक्रबार पनि कोभिड संक्रमणबाट एकजनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार आज १०६ जना नयाँ संक्रमित थपिँदा एकजनाको मृत्यु भएको हो। 

मन्त्रालयको विवरणअनुसार आज १ हजार ८८३ जनाको नमूना परीक्षण गरिएको थियो जसमा १०६ जनामा संक्रमण पुष्टि भएको थियो। आज ४६ जना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयको विवरणअनुसार हाल देशभर ४१४ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये हाल काठमाडौं उपत्यकामा २५ जना संस्थागत आइसोलेशनमा‚ ७ जना आइसियूमा र ३ जना भेन्टिलेटरमा उपचाररत रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.