|
फाइल तस्वीर

इनरुवा : नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमालेसँग सत्ता सहकार्यको कुनै पनि सम्भावना नरहेको बताएका छन्। उनले असारमा बजेट आउनुअघि नै कोशी प्रदेशमा समेत सरकारको नेतृत्व परिवर्तन हुने बताए।

सडक शिलान्यासका लागि इनरुवा पुगेका उनले काँग्रेस र एमाले मिल्ने आँकलनसहितका टीका टिप्पणी सुनिने गरेको भए पनि त्यसमा सत्यता नरहेको बताएका हुन्।
उनले नेकपा एमाले अबको ५ वर्ष प्रमुख प्रतिपक्षमा रहने बताए।

उनले प्रदेश र केन्द्रमा गठबन्धनकै सरकार रहने बताए। उनले केन्द्रमा नेतृत्व परिवर्तन भएझैँ प्रदेशमा पनि नेतृत्व परिवर्तन हुने बताए।

उनले भने, ‘एमाले प्रमुख प्रतिपक्षमा ५ वर्ष रहनेछ। एमाले र नेपाली कांग्रेस मिलेर सरकार बन्दैन भन्ने कुरा यहीँबाट उद्घोष गर्न चाहन्छु। यो सरकार यही गठबन्धन ५ वर्ष रहनेछ। केन्द्रमा पनि रहनेछ र प्रदेशमा समेत रहनेछ। जसरी केन्द्रमा नेतृत्व परिवर्तन भयो त्यस्तै गरेर प्रदेश सरकारको नेतृत्व परिवर्तन हुनेछ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.