|

सल्यान : तुलसीपुर उपमहानगरपालिका-३ सिरखोलामा जिप र मोटरसाइकल आपसमा ठोकिँदा ५ जना घाइते भएका छन्।

शुक्रबार बिहान सल्यानको कपुरकोटबाट दाङ तुलसीपुर जाँदै गरेको रा १ त ३२१ नम्बरको जिप र विपरित दिशाबाट आइरहेको रा ८ प १६ नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा ५ जना घाइते भएका हुन्।

घाइते हुनेमा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका-९ का ३८ वर्षीय मेघराज योगी, जिपमा सवार तलसीपुर उपमहानगरपालिका-३ राम्रीका १७ वर्षीया शारदा केसी, सोही ठाउँका १० वर्षीय तेजबहादुर खत्री, जिपचालक सल्यान कपुरकोट गाउँपालिका-५ सलामका १९ वर्षीय जोगेन्द्र बलामी मगर, सहचालक सोही ठाउँका १७ वर्षीय रबिन पुन रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए।

घाइतेमध्ये दुई जना सिकिस्त रहेको र सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको उनको भनाई छ। जिप र मोटरसाइकल सडकदेखि ६० मिटर तल खसेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.