|

काठमाडौं : भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ।

शनिबार अपराह्न काठमाडौंको माइतीघर मण्डलामा भेला भएर युवाहरूले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलगायतका भ्रष्टहरूलाई कारबाही गर्न माग सरकारलाई दवाव दिँदै प्रदर्शन गरेका छन्। उनीहरूले भ्रष्टाचारमा संलग्नलाई नछोड्न पनि सरकारलाई खबरदारी गरेका छन्।

‘प्रचण्ड सरकारलाई खबरदारी, कारबाही गर भ्रष्टाचारी’, ‘गृहमन्त्री काजी दाइ, कारबाही गर भ्रष्टाचारीलाई’ लेखिएका प्लाकार्ड समेत प्रदर्शन गरेका थिए।

नक्कली भुटानी शरणार्थी प्रकरणमा विभिन्न राजनीतिक दलका नेताहरू मुछिएपछि उनीहरूलाई कारबाही गर्न सरकारमाथि दबाव परेको छ।

सरकारले पनि त्यस प्रकरणमा मुछिएकाहरूलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ। पक्राउ पुर्जी जारी गरिएका एमाले सचिव समेत रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी भने फरार छन्। उनलाई उन्मुक्ति नदिन पनि सरकारलाई प्रदर्शनकारीहरूले सचेत गराएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.