|

काठमाडौं : सरकारले गृह मन्त्रालयका सचिवको सरुवा गरेको छ। 

मंगलबारको मन्त्रिपरिषद् बैठकले गृहसचिव विनोदप्रकाश सिंहको सरुवा गरेर प्रधानमन्त्री कार्यालयका सचिव दिनेश भट्टराईलाई गृह सचिवको जिम्मा दिएको हो। 

‘गृह मन्त्रालयसहित केही मन्त्रालयका सचिवहरुको सरुवा भएको छ। मंगलबारको मन्त्रिपरिषद बैठकले सचिवहरुको सरुवाको निर्णय गरेको हो,’ नेपाल सरकरका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै रकम उठाएर ठगी गरेको प्रकरणमा उच्चपदस्थ अधिकारी र नेताहरुमाथि प्रहरीले अनुसन्धान गरिरहँदा तालकुदार मन्त्रालयका सचिव फेरिएका हुन्।  ठगी प्रकरणमा गृह मन्त्रालयका तत्कालीन सचिव, हाल उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन्।  यस्तै, पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई समेत प्रहरीले  पक्राउ गरेको छ।

 हालका गृहसचिव विनोदप्रकाश सिंहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.