|

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत बिहीबार १७औँ चरणको खेल शुरु हुँदैछ। 

पहिलो खेलमा फ्रेण्ड्स क्लब र जावलाखेल युथ भिड्दैछन्। यी दुवै टोली सुखद नतिजाको लक्ष्यमा छन्। यी दुई टोलीबीचको खेल च्यासल मैदानमा दिउँसो ३ बजे सुरु हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। 

जावलाखेल आजको खेलमा जित हात पार्दै शीर्ष स्थानमा उक्लिन चाहन्छ । उसले १६ खेलबाट २७ अंक जोडेको छ। शीर्ष स्थानको चर्च ब्वाइजको समान खेलबाट ३० अंक छ।

यस्तै समान खेलबाट १९ अंक जोडेको फ्रेण्ड्स क्लब ११औँ स्थानमा छ। उसले आजको खेलमा जित हात पार्दै सातौँ स्थान सुरक्षित गर्ने लक्ष्य लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.