|

भारतीय गो फस्ट एयरलाइन्स (गोएयर)ले मे २६ सम्मका लागि सबै उडान रद्द गरेको छ।

यसअघि एयरलाइन्सले मे १९ सम्मका लागि उडान रद्द गरेको थियो। ‘सन् २०२३ को मे २६ तारिखसम्म का लागि तय गरिएको गो फस्ट उडानहरू रद्द गरिएको छ, यसका लागि कम्पनीले खेद प्रकट गर्दछ’, गो फस्टले भनेको छ, ‘उडान रद्द हुँदा भएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौं।‘

एयरलाइन्सले चाँडै नै भुक्तानीको सबै रकम पूर्ण फिर्ता गरिने बताएको छ। ‘उडान रद्द हुँदा तपाईँको यात्रा योजनामा बाधा पुगेको हुन सक्ने हामी स्वीकार गर्दछौं र हामी सक्दो सहयोग गर्न प्रतिबद्ध छौं’, विज्ञप्तिमा भनिएको छ, ‘हामी पुनः र छिट्टै बुकिङ सुरु गर्न सक्षम हुनेछौं। धैर्यताका लागि कम्पनी यात्रुवर्गप्रति आभारी छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.