|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार महँगो भएको टिप्पणी गरेका छन्। 

शनिबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले देशलाई महँगो सरकार पालिरहनु परेको बताएका हुन्। उनले सरकारको नीति तथा कार्यक्रममा संघीयतालाई सबलीकरण गर्ने विषयमा नबोलेको बताए। 

‘देशलाई महँगो सरकार हामीले पाल्नु परेको छ। राजनीतिक क्षेत्रमा कसरी देशलाई अगाडि लैजाने? केही सोच्नुपर्छ कि पर्दैन? गम्भीर प्रश्नहरू उठिरहेका छन्। संघीयताबारे गम्भीर प्रश्नहरू उठिरहेका छन्। ​संघीयताको सबलीकरणका कसरी गर्ने? संघीयता आवश्यक छ भनेर यसलाई यसरी सबलीकरण गर्छाैं? केही पनि छैन।’ अध्यक्ष ओलीले भने ’खर्च घटाउने भनेको छ। कसरी घटाउने भनेको छैन। समाजवादतर्फ जाने भनेको छ,त्यो कसरी हुन्छ? यस सम्बन्धमा सरकारको दृष्टिकोण केही पनि छैन। यसमा शब्दजालमा अल्मल्याउने बाहेक केही पनि छैन। कहाँ सुरु कहाँ खत्तम भनेजस्तो छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.