|

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री  हिक्मतकुमार कार्कीले  सुरक्षा निकायमा महत्वपूर्ण अंग प्रहरी नै रहेको बताएका छन्।

मुख्यमन्त्री कार्कीले आज  (आइतबार)  वडा प्रहरी कार्यालय विराटनगरको नवनिर्मित भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सुरक्षा निकायमा महत्वपूर्ण अंग  प्रहरी रहेको बताउँदै बर्दी लगाएको प्रहरीको महत्वपूर्ण भूमिका रहेको बताएका हुन्।

मुख्यमन्त्री कार्कीले प्रदेश संरचनामा प्रहरी  नपरेको बताउँदै  प्रदेश सरकारले समन्वय गरेर अगाडि बढिरहेको बताए।

‘अहिले पनि प्रहरी समायोजनको काम अगाडि बढेको छैन,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूलाई भेटेर कुरा राख्दा चाँडै समायोजन प्रक्रिया अगाडि बड्छ भन्ने आश्वासन पाएका छौँ।’

प्रहरीको अवस्था दर्दनाक अवस्था  रहेको बताउँदै मुख्यमन्त्री कार्कीले कतिपय ठाउँमा अपराधी बाइक, कारमा हिँड्ने र प्रहरी साइकल, मोटरसाइकलमा हिँड्नुपर्ने अवस्था रहेको बताए।

‘प्रहरीका सवारीसाधन, स्रोत पर्याप्त नभएको अवस्था छ,  उनले भने, ‘प्रदेशले बजेट बनाउँदा प्रहरीलाई केही गर्न सक्ने अवस्था छैन समन्वय मात्र गर्ने हो।’ विपद व्‍यवस्थापनमा नेपाली सेना, सशस्त्र र प्रहरीले धेरै राम्रो काम गरेको  उल्लेख गर्दै उनले प्रदेश सरकारले पनि विपद  निति तयार पारेको  बताए।

‘२०८०/०८१ को नीति तथा कार्यक्रममा हाम्रो आन्तरिक राजस्वलगायत अन्य क्षेत्रको उत्पादन, आयआर्जन  वृद्धि गर्दै स्थानीय सरकारसँग सहकार्य गर्दै अगाडि बढ्नेछौँ।’ उनले भने।

कोरोनाको कारणले गर्दा भवन निर्माण ढिलो भएको  बदाउँदै उनले आगामी दिनमा भवन निर्माण गर्दा तोकिएको समयमा नै सम्पन्न गर्नुपर्नेमा मुख्यमन्त्री कार्कीले जोड दिए।

२०७५/०७६ को बजेटमा प्रदेश प्रहरी कार्यालयसहित ५४ वटा भवन निर्माण गर्ने बजेट विनियोजन गरेको बताउँदै   उनले भने, ‘आजको मिति सम्ममा धेरै सुविधासम्पन्न भवन बनिसकेका छन्।’

उद्घाटन कार्यक्रममा भौतिक पूर्वाधारमन्त्री दुर्गा चापागाईं, विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, मोरङ जिल्लाका  सुरक्षा निकायका प्रमुखहरु लगायतको उपस्थिति थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.