|
फाइल

विराटनगर :  नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

मंगलबार माओवादी प्रदेश कमिटीका पदाधिकारी र संसदीय दलका नेता इन्द्र आङवोसहित बसेको बैठकले कोशी प्रदेश सरकालाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको हो।

समर्थन फिर्ता लिँदै मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको कोशी प्रदेशका सह -इन्चार्ज सावित्री कुमार काफ्लेले  जानकारी दिए।

प्रदेश सरकारमा माओवादी केन्द्रबाट दुर्गा चापागाईँ भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटन वन तथा वातावरण मन्त्री छन्। प्रदेश कार्यालयको बैठकले पार्टी प्रदेश अध्यक्ष हर्क नेम्वाङको नेतृत्वमा सरकार गठनका लागि छलफल गर्न समिति बनाउने निर्णय गरेको छ।

यसअघि जसपाका  स्वास्थ्यमन्त्री  निर्मला  लिम्बुले  सरकारलाई  दिएको  समर्थन  फिर्ता लिँएर  सरकारबाट बाहिरी सकेकीछिन।  माओवादी केन्द्रले  सरकारलाई दिएको  समर्थन फिर्ता लिए सँगै  हिक्मतकुमार  कार्की नेतृत्व सरकार अल्पमतमा परेको  छ।

एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्की माओवादी केन्द्र, राप्रपा र जनता समाजवादीको समर्थनमा २४ पुसमा मुख्यमन्त्री नियुक्त भएका थिए। 

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। ९३ सदस्यीय कोशी प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद् छन्।

कार्की नेतृत्वको सरकारमा सहभागी भएको राप्रपाले सरकार परिवर्तन गर्दा चार वर्ष मुख्यमन्त्री पाउनुपर्ने सर्त कांग्रेस र माओवादीसँग राखेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.