|

काठमाडौं : ३ विद्यालयमा विद्यार्थी संगठनले लगाएको ताला काठमाडौं महानगरपालिकाले फोडेको छ। महानगरपालिकाले मंगलबार ती स्कुलहरुकाे ताला फोडेको महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। 

उनका अनुसार काठमाडौंको संस्कृत माध्यमिक विद्यालय, युलेन्स स्कुल र बृहस्पति माध्यमिक विद्यालयमा विद्यार्थी संगठनले ताला लगाएका थिए।

महानगरपालिका नगरप्रमुख बालेन शाहले आफ्नो क्षेत्रभित्र पर्ने विद्यालयको अनुगमन र नियमन गर्ने अधिकार महानगरपालिकाको रहेको सामाजिक सञ्जालमार्फत बताएका छन्।

उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘काठमाडौं महानगरपालिकाको प्रमुख प्राथमिकता शिक्षा हो, हामी महानगरभरिका विद्यालयहरूको गुणस्तर सुधार गर्न निरन्तर लागिपरेका छौं र महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने विद्यालयको अनुगमन र नियमन गर्ने हो।’

उनले यदि कुनै विद्यालयले नियमको पालना नगरे काठमाडौं महानगरपालिकालाई उजुरी गर्नुपर्ने उल्लेख गरेका छन्।

‘पढ्ने ठाउँमा ताला लगाएर एक अमुक दलको शैक्षिक संगठनले अपराध गरेको छ, चाहे सो विद्यालय सरकारी होस् वा निजी, हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पनासम्म गर्न सक्दैनौं, त्यसैले हामीले महानगरभित्रका विद्यालयमा लगाएको ताला फोरेर नियमित शैक्षिक क्रियाकलाप अगाडि बढाएका छौं,’ उनले भनेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.