|

विराटनगर : कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश ऐनमा प्रदेशको नाम संशोधन गर्न बनेको विधेयक, २०७९  प्रमाणीकरण गरेका छन्।

कोशी प्रदेशसभा बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको प्रदेशको नाम संशोधन गर्न बनेको विधेयक २०७९ आज (बुधबार) प्रदेश प्रमुख खापुङले प्रमाणीकरण गरेका हुन्।

‘प्रदेश प्रमुख परशुराम खापुङज्यूले कोशी प्रदेशसभा बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको प्रचलित प्रदेश ऐनमा प्रदेशको नाम संशोधन गर्न बनेको विधेयक, २०७९ नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ’ प्रदेश प्रमुखको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। 

फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै पहिचान पक्षधर कोशी प्रदेश नाम खारेजीको माग राख्दै सडक आन्दोलनमा छन्। वार्ताका लागि कोशी प्रदेश सरकारले आह्वान गरे पनि कोशी नाम खारेज नभएसम्म आन्दोलन निरन्तर रहने आन्दोलनरत पक्षले धारणा राख्दै आइरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.