|

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले उच्च शिक्षा अध्ययनका लागि विदेश पलायन हुने अवस्थाका धेरै कारण भएको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा उनले यसमा एउटा मन्त्रालयमात्र जिम्मेवार नभएको धारणा राखे। 

‘विद्यार्थीहरू विदेश पलायन हुने धेरै कारण छन्, अविकासको स्थिति, शिक्षा क्षेत्रमा अस्तव्यस्तता, अधिक राजनीतिकरण लगायतले विदेश पलायन भएको अवस्था छ, यसमा सबै जिम्मेवार बन्नुपर्छ,’ उनले भने। उनले पछिल्लो समयको विदेशमा पढ्न जाने अवस्थाले खराब सामाजिक मनोविज्ञान निम्त्याएको पनि बताए।

‘जसबाट अर्बौं रुपैयाँ विदेशतिर गइरहेको छ, हामीले यहीँ नेपालमा टिकाउने माननीयज्यूहरुको सुझाव गम्भीर छ। त्यसैले स्वदेशमा टिकाउन, २/३ वटा मेडिकल कलेज खोल्ने प्रकृया गर्दै छौँ, योजनाबद्ध विश्वविद्यालय खुलिरहेका छन्, ऐनहरू पास भइरहेको छ, केही ऐन बन्ने र जारी हुने चरणमा छन्,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.