|

काठमाडौं : इजरायली सेना वेष्ट बैंकको जेनिन शरणार्थी शिविरबाट फिर्ता हुन थालेका छन्।

इजरायली सेना फिर्ता भएपछी सो शहरमा २ दिनसम्म चलेको भिडन्त पनि समाप्त भएको बिबिसीले जनाएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आतंकबादविरुद्धको लडाई गलत भएको भन्दै हाललाई रोकेको बताएका छन्। यद्यपी मंगलबार साँझ पनि जेनिन शिविरमम प्यालेस्टाइनी लडाकुहरूले आक्रमण गरेको थिए। 

इजरायली सेनाले गाजा पट्टीमा दक्षिणी इजरायलतर्फ प्रहार गरेको पाँचवटा रकेटलाई रोकेको थियो।  इजरायलले जवाफी कारबाही भने गरेन। २ दिन सम्म चलेको उक्त भिडन्तमा १२ जना प्यालेस्टाइनी र एक जना इजरायली सेनाको मृत्यु भएको थियो। 

कब्जा भएको जेनिन शरहको शरणार्थी शिविरमा बस्दै आएका प्यालेस्टिनी लडाकुलाई लक्षित गरी इजरायली सेनाले आक्रमण गरेको थियो। आक्रमणबाट सय जनाभन्दा बढी घाइते भएको प्यालेस्टिनी अधिकारीहरुले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.