काठमाडौं : काठमाडौंका विभिन्न ठाउँमा नियम उल्लंघन गरेको आरोपमा ट्राफिक प्रहरीले २ हजारभन्दा बढी सवारीचालकलाई कारबाही गरेको छ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाभित्र ट्राफिक नियम उल्लंघन गर्ने २ हजार २०३ सवारीसाधन र चालक कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।
उनका अनुसार मापसेमा ६९, लेन उल्लङ्नमा १२०, रेड लाइट प्रवेशमा ७३, चर्को हर्नमा २८ सवारीचालक कारबाहीमा परेका छन्।
प्रष्ट देख्ने नम्बर प्लेट नराख्नेमा २१, तीव्र गतिमा सवारी चलाउने १४७ र अन्य १ हजार ७४५ गरी कुल २ हजार २०३ सवारीचालकलाई कारबाही गरिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।