|

काठमाडौं : मानव शरीर पनि प्रकृतिकै देन हो। शरीर बत्रे बेलामा नै रोगसँग लड्ने शक्ति प्राप्त भएको हुन्छ। प्रकृतिको शैलीमा हाम्रो जीवनको शैली मिलाउन सके रोगले सितीमिति छुँदैन। जीवनशैली प्रकृतिअनुकूल बनाउनु नै प्राकृतिक उपचार हो।

स्वास्थ्य जीवन र प्राकृतिक उपचारको बारेमा योग तथा प्राकृतिक चिकित्सक सङ्घ, नेपालका अध्यक्ष तथा प्राकृतिक चिकित्सक डा. जनकबहादुर बस्नेतसँगको कुराकानीमा आधारित :

शरीरको निर्माण झैँ उपचारमा पनि पञ्चतत्व 

पञ्चतत्व (माटो, पानी, हावा, घाम र आकाशबाट बनेको शरीरलाई रोगलाग्दा उपचार त्यसैबाट खोज्नुपर्छ। पञ्चतत्वको असन्तुलनले रोग लाग्छ भने सन्तुलनले निरोगी राख्छ। शरीरको निर्माण हुँदा नै रोगसँग लड्ने क्षमता प्राप्त हुन्छ। त्यो क्षमतालाई उपयोग गर्ने विधि प्राकृतिक चिकित्सा हो।

आहार, विहार, विचार, विश्राम र विकार ठिक राख्नुपर्दछ। खानेकुरा स्वस्थ र सन्तुलित खानु आहार हो। प्रशस्त घुमफिर अथवा शरीरको सक्रियता विहार हो। चल्नलाई बनेको शरीर नचलाइ राखेपछि स्वत्त रोगी हुन्छ, निष्क्रिय शरीर पनि रोगको कारक हो। सोच, चिन्तन राम्रो हुनु विचार हो । प्रशस्त पसिना आउने गरी काम गर्ने र बेलामा दिसा पिसाब हुन सक्यो भने शरीरको भित्री फोहोर निस्किन्छ, त्यो विकार हो।

अचेल धेरैको रातभरी नसुत्ने दिनभरी सुत्ने बानी छ। बाध्यात्मकबाहेक दिनमा सुत्नु हानिकारक हुन्छ। बेलुका चाँडो सुत्ने र बिहान चाँडै सबेरै उठ्नु राम्रो हो। २४ घण्टामध्ये आठघण्टा शान्त वातावरणमा स्वस्थकर निद्रा चाहिन्छ। बालबच्चालाई आठ घण्टाभन्दा पनि धेरै सुत्न दिनुपर्छ।

तनाव बोकेर जति सुते पनि दिमाग र शरीरका लागि फाइदा छैन। शान्त वातावरणमा तनावरहित विश्राम हुनुपर्छ। खाने, पिउने, सोच्ने, घुम्ने, कस्तो कुरा हेर्ने, कस्तो ठाउँमा बस्ने सबै कुराले स्वस्थताको निर्धारण हुन्छ।

रोगको कारण खोजी नगरी लक्षणको उपचार गरिरहेका छौँ। फोहोरमा हुने  किटाणु मार्ने विषको खोजी गरिरहेका छौँ, फोहोर सफा गर्न चाहीँ भुल्दैछौँ। रोगको लक्षणको उपचार होइन कारणको उपचार गर्नुपर्छ।

प्राकृतिक चिकित्सामा नेपाल पहिलो

प्राकृतिक चिकित्सा नेपालको मौलिक उपचार विधि भए पनि २०७५ सालदेखि मात्र दिवसको रुपमा मनाउन थालेको हो। औपचारिक मान्यता पाउने यो नेपालको कान्छो चिकित्सा हो तर औपचारिक मान्यता दिएर प्राकृतिक चिकित्सा दिवस मनाउने नेपाल विश्वमै पहिलो राष्ट्र हो।

२०५९ साल असार २० गतेको मन्त्रिपरिषदले प्राकृतिक चिकित्सालाई राष्ट्रिय चिकित्साको मान्यता दिएको थियो। २०७४ साल असोज २३ गतेको मन्त्री परिषद बैठकले राष्ट्रिय चिकित्साको मान्यता पाएको असार २० गतेको दिनलाई नै ‘राष्ट्रिय चिकित्सा दिवस’को मान्यता दिने निर्णय गरेपछि, २०७५ सालदेखि हरेक वर्षको असार २० गतेलाई राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसको रुपमा मनाउन थालिएको हो। अहिले अरू देशले पनि प्राकृतिक चिकित्सा दिवस मनाउन थालेका छन्।

प्रकृतिबाट नजिक भए निरोगी

आधुनिक जीवनशैलीको लोभ गर्‍यौँ, त्यसले रोगी बनाउँदै लग्यो। धेरैपछि आएर बल्ल प्राकृतिक जीवनशैलीको महत्व बुझ्न थालेका छौँ। ‘व्याक टू नेचर’ भनेर प्रकृतिको नजिक जानथाल्यौँ। प्रकृतिको सम्पर्कदेखि टाढा रहने मान्छे निश्चय नै रोगी हुन्छ। ऋषिमुनिहरूले हजारौँ वर्षको अनुभवबाट आर्जन गरेको प्राकृतिक उपचार विधि स्वास्थ्यको मूल आधार हो।

प्राकृतिक उपचार गर्ने अस्पताल जीवनशैली सुधारको बाटो देखाउने ठाउँ अथवा तालिम केन्द्र भनेर बुझ्नुपर्दछ। अस्पतालमा सिक्ने हो। आधा उपचार आफैँले घरमा गर्न सकिन्छ। रोग लाग्न नदिनु भनेको स्वस्थ प्राकृतिक जीवनशैली अपनाउनु हो।

स्वस्थ जीवनशैली बुझाउन समस्या

आधुनिक हाइफाई जीवनशैलीमा रमेकालाई परम्परागत प्राकृतिक चिकित्सा बुझाउनै मुस्किल परेको छ। सबैकुरा छिटो चाहिएको छ, समय र धैर्यता दुइवटै छैन। अस्पताल गए भइहाल्छ, डाक्टर र पैसाको भरमा हुन्छ भन्ने भ्रम परेको छ। जबसम्म मेरो शरीरको उपचार गर्ने मै हुँ, मेरो स्वास्थ्य मेरै हातमा छ भन्ने सोच्दैनौँ तबसम्म निरोगी बन्दैनौँ।

एउटै उपचारमा फरक–फरक विधि अपनाउनुपर्ने पनि हुन्छ। कुनै रोगमा आधुनिक उपचार मूल उपचार हुन्छ र प्राकृतिक उपचार सहायक हुन्छ भने कतिपय रोगमा प्राकृतिक उपचार मूल हुन्छ र आधुनिक उपचार सहायक हुन्छ। कुनै पनि एउटै उपचार पूर्ण होइन। रोग लागेर उपचारभन्दा पनि आफ्नो जीवनशैली प्राकृतिक बनाएर निरोगी राखिराख्नुपर्छ।

प्राकृतिक उपचारमा कुनै पनि खाने ओखती प्रयोग हुँदैन। जीवनशैली सुधारको विधि भएकाले साइड इफेक्टको कुरै भएन, बरु एउटा रोग वा समस्याको उपचार गर्दा अर्को रोग वा शरीरको अर्को भागलाई पनि फाइदा गरिरहेको हुन्छ।

प्राकृतिक चिकित्साको माग बढ्दो, सेवा कम

प्राकृतिक उपचारको सेवा सरकारीस्तरमा नभएकै कारणले महँगो जस्तो भएको छ। केही ठूलासहित जम्माजम्मी ३० वटा अस्पतालले मात्र यो उपचार सुविधा दिन सकेका छन् तर माग बढ्दो  छ।

नेपालमा प्राकृतिक चिकित्साको पढाइ हुँदैन। नेपालमा भन्दा विदेशमा राम्रो सेवा सुविधा हुनाले भएको जनशक्ति पनि विदेश पलाएन हुने गरेका कारण प्राकृतिक चिकित्साकको अभाव सधैँ छ।

बल्लतल्ल पाठ्यक्रमको तयारी सकिएको छ। केही ठूला विश्वविद्यालयले अध्यापनको चासो देखाकाले आउने वर्षहरू सुखद हुने आशा छ।

निःशुल्क उपचार सेवा दिन सकिन्छ

रोग निको नभएर, पैसा सकिएपछि मानिस प्राकृतिक उपचार अस्पतालमा आउने गरेका छन्, जून गलत हो। पहिला प्राकृतिक उपचारमा जानुपर्नेमा सबैभन्दा पछिमात्र आउँदा खर्चिलो जस्तो लागेको हो। 

खाना जस्तै विश्राम पनि प्राकृतिक हुनुपर्छ। आधुनिक सुविधा सम्पत्र बिछ्यौना वा फमको डस्नाका सट्टामा कपासको डस्ना राखेर केही कडा बिछ्यौनामा सुत्नु राम्रो मानिन्छ। ज्ञानको अनेक आयाम सिकेम्, पढेम् तर खाने, सुत्ने जस्तो साधारण तरिका पनि सिकेनौँ। बाहिर हाइफाइ जीन्दगी बनाउने तर शरीरको भित्रको आन्तरिक सररफाइमा ध्यान पुर्‍याएनौँ।

सरकारबाट स्वास्थ्य बीमाको सुविधा भए पनि हालसम्म प्राकृतिक उपचारमा त्यो सुविधा छैन। यो उपचारको सरकारले स्वामित्व ग्रहण गर्ने हो भने आम–नागरिकले निःशुल्क सेवा पाउँछन्। किनकीे उपचारमा कुनै महँगो मेसिन, औषधि विदेशबाट ल्याउन नपर्ने भएकाले स्वास्थ्य जनशक्तिको व्यावस्थापनले मात्र पर्याप्त हुने देखिन्छ।

इमर्जेन्सीबाहेक सबै रोगको उपचार

चोटपटक लागेको र आपत्कालिनबाहेक ग्याष्ट्राइटिक्स, पाइल्स, माइग्रेन, थाइराइड, मधुमेह, प्यारालाइसिस, बाथ, पिनास, दमका रोगहरू, ढाड तथा नसाका रोगदेखि स्त्रीजन्य रोगहरू, केमो दिनुपर्नेबाहेक क्यान्सरको उपचारमा पनि प्राकृतिक चिकित्सा उपयोगी छ। कोभिडदेखि त सर्ने रोगहरूमा पनि प्राकृतिक चिकित्सा उपयोगी प्रमाणित भएको छ।

सिजनको खानेकुरा, स्वस्थ जीवनशैली

मौसमानुसार प्रकृतिले जुन उत्पादन गर्छ त्यो मात्र स्वस्थ हुन्छ। परम्परागत प्रविधिको प्रयोग गरेर उत्पादन गरेको रैथाने अन्न तथा तरकारी, फलफूल खानु स्वास्थ्यका लागि हितकर छ। बाह्रै महिना सबै खालका तरकारी र फलफूल खान खोज्नु राम्रो होइन। 

खाना जस्तै विश्राम पनि प्राकृतिक हुनुपर्छ। आधुनिक सुविधा सम्पत्र बिछ्यौना वा फमको डस्नाका सट्टामा कपासको डस्ना राखेर केही कडा बिछ्यौनामा सुत्नु राम्रो मानिन्छ। ज्ञानको अनेक आयाम सिकेम्, पढेम् तर खाने, सुत्ने जस्तो साधारण तरिका पनि सिकेनौँ। बाहिर हाइफाइ जीन्दगी बनाउने तर शरीरको भित्रको आन्तरिक सररफाइमा ध्यान पुर्‍याएनौँ।

२४ घण्टामा २ लिटर पिसाब हुनु जरुरी

सामान्यतया २४ घण्टामा कम्तिमा ३ लिटर पानी पिउन आवश्यक छ। मौसम, हामीले गर्ने काम र ठाउँ अनुसार पानीको मात्रा बढाउनुपर्ने हुन्छ।

धेरै गर्मी हुने ठाउँमा र पसिना धेरै आउने काम गरेका छौँ भने ३ लिटरदेखि ६ लिटरसम्म पानी पिउनुपर्ने हुन्छ। पानी कति पिउने भन्दा पनि हामीले यो बुझौँ कि २४ घण्टामा २ लिटर पिसाब निक्लनु चाँहि जरुरी छ।

विहान उठ्नासाथ पहिलो काम खाली पेटमा १ लिटर पानी पिउनुपर्दछ। त्यसोगर्दा रातभरीको पानीको मात्रा शरीरमा आपूर्ती हुन्छ भने शरीरको विकार दिसा–पिसाव राम्रोसँग निकाल्न पनि मद्दत गर्छ। बाँकी पानीको मात्रा थोरै–थोरै गरेर दिनभरिमा पूरा गर्नुपर्छ। खाना खानुभन्दा आधा घण्टा अघि र खाना खाएको एक घण्टापछि मात्र पानी पिउनु राम्रो हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.