|
GETTY IMAGES

काठमाडौं : भारतमा सत्तारुढ भारतीय जनता पार्टी विजेपीविरुद्ध विपक्षी दलले एकजुट हुने प्रयास थालेका छन्। 

आगामी वर्ष हुने आमचुनाव अघि विपक्षी दलहरुले विजेपीविरुद्ध मोर्चाबन्दीको प्रयास थालेका हुन्। यसका लागि आज २४ वटा विपक्षी दलको बैठक बैंगलोरमा बस्दैछ। 

बैठक आज र भोलि दुई दिन चल्ने भारतीय संचारमाध्यामले जनाएका छन्। आम आद्मी पार्टीले पनि यो बैठकमा सहभागी हुने घोषणा हिजो गरेको थियो। यसअघि पटनामा भएको पहिलो बैठकमा आम आद्मी पार्टीका प्रमुख अरबिन्द केजरीवालसँग बाँकी दलको मतभेद भएको खबर बाहिरिएको थियो। 

दिल्लीमा सरकारको अधिकार कम गर्नेगरी केन्द्रीय सरकारले ल्याएको अध्यादेशको विरोधमा आम आद्मीले कांग्रेसको साथ खोजेको थियो। कांग्रेसले दिल्ली सरकारको मागमा समर्थन जनाएपछि आमआदमी बैठकमा सहभागी हुन लागेको हो। 

आजको बैठकमा चुनावमा सिट बाँडफाँड, मोर्चाको नामाकरणलगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.