|

सल्यान : जिल्लाका ९ किसानलाई मुख्यमन्त्री उत्कृष्ट पुरस्कारबाट पुरस्कृत गरिएको छ। कर्णाली प्रदेश मुख्यमन्त्री उत्कृष्ट पुरस्कारबाट जिल्लाका नमुनायोग्य काम गर्ने किसानलाई पुरस्कृत गरिएको हो।

पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले पशुपालक, माछापालक र सहकारीलाई पुरस्कृत गरेको हो। पुरस्कृत हुनेहरुमा जनजागरण गाई फर्म तथा दुध संकलन केन्द्र बागचौर नगरपालिका ५ का प्रेम बहादुर भण्डारी, नविन बाख्रापालन फर्म बनगाड कुपिण्डे नगरपालिकाका ४ का आशा बुढामगर, विएस कृषि तथा पशुपन्छी पालन फर्म कपुकोट गाउँपालिका १ की मनकुमारी घर्ती, दुरा पशु पंक्षी पालन फर्म शारदा नगरपालिका २ की निर्मला दुरालाई पुरस्कार दिएको हो।

यस्तै कर्णाली वाइल्डलाइफ पन्छी फर्म शारदा नगरपालिका १५ का लक्ष्मण बुढा, बुढाथोकी मत्स्य एण्ड कृषि फर्म कालिमाटी गाउँपालिकाका केशर बुढाथोकी, हरियाली भैंसीपालन कृषक समुह शारदा नगरपालिका ८ का भरत कुमार केसी,केसी कृषि तथा पशुपन्छी पालन फर्म दार्मा गाउँपालिका ५ की सरीता केसी रहेका छन्।

सहकारीतर्फ दुर्गा भवानी सामाजिक उद्यमी महिला सहकारी संस्था, त्रिवेणी गाउँपालिका १ लाई पुरस्कृत गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका कार्यालय प्रमुख गोविन्द बहादुर महतले जानकारी दिए। पुरस्कृत हुनेहरुलाई नगद रकम सहित,प्रमाणपत्रले सम्मान गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.