|

काठमाडौं : राम एकवाल दासले लेखेको लोकसेवा आयोग तयारी किताबमा रहेको आपत्तिजनक प्रश्न र उत्तर विषयबारे संसदमा पनि प्रवेश भएकाे छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद ईश्वरी घर्तीमगरले लेखकलाई निलम्बन गरी तुरुन्त कारबाही गर्न सरकारसँग माग गरेकी छिन्।

‘वन मन्त्रालयका सहायक संरक्षण अधिकृत राम एकवाल दासले लेखेको वन रक्षक किताबमा महिलाबारे आपत्तिजनक प्रश्न र उत्तर राखिएको छ,’उनले  प्रश्न र उत्तर जस्ताको त्यस्तै पढ्दै भनिन्,‘नेपाल सरकारको बहालवाला कर्मचारी भएर, जिम्मेवार मान्छे भएर लोकसेवाको यस्ता लेख्न पाइन्छ,यो अपमान होइन महान् अपमान राख्न हुन्छ हुँदैन?, नेपाली महिलाहरूमा गम्भीर आघात भएको छ,तुरुन्त उनलाई निलम्बन गरी कारबाही गर्न माग गर्दछु।’

लोकसेवा परीक्षाको तयारीका लागि लेखिएको पुस्तकमा महिलाबारे आपत्तिजनक शब्दसहित प्रश्नोत्तर राखिएपछि यसको यतिखेर चौतर्फी विरोध र आलोचना भइरहेको छ।

उक्त प्रश्नोत्तरको विरोधमा विभिन्न विद्यार्थी संगठन तथा महिलाले माइतीघर मण्डलामा सोमबार विरोध प्रदर्शन गरेका थिए। उनीहरूले ‘महिला हिंसा बन्द गर, महिला अधिकारको रक्षा गर’ लगायत प्लेकार्डसहित विरोध प्रदर्शन गरेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.