|

काठमाडौं : पोल्याण्डमा दोस्रो विश्व युद्धकालीन शक्तिशाली बम भेटिएको छ। 

लुबलिन सहरमा २ सय ५० किलोको बम भेटिएको हो। लुबलिन सहरको एउटा निर्माणस्थलमा भेटिएको बमलाई बम डिस्पोजल टोलीले सुरक्षित स्थानमा लगेर डिस्पोज गरेको छ। 

बम डिस्पोजको समयमा १४ हजार मानिसलाई सुरक्षित स्थलमा सारिएको थियो। साथै घरमा विद्युतबाट चल्ने उपकरण बन्द गर्न लगाइएको थियो। बम डिस्पोजपछि मानिसहरुलाई पुनः घरमा सारिएको थियो । पोल्याण्डमा यसअघि विश्व युद्धकालीन थुप्रै बम भेटिएका छन्। 

केही समय पहिले पोल्याण्डको राजधानी वार्सामा ५ सय किलोको बम भेटिएपछि ३० हजार मानिसलाई सुरक्षित स्थलमा सारेर डिस्पोज गरिएको थियो। 

केही दिनअघि जर्मनीको डसलडोर्फ सहरमा ५ सय किलोको बम भेटिएको थियो। उक्त बम डिस्पोजको समयमा १३ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो।  सन् १९३९ मा सुरु भएको दोस्रो विश्वयुद्ध सन् १९४५ मा सकिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.