|
फाइल तस्वीर

धनगढी : कैलालीमा पक्राउ परेका २ जना मिटरब्याजी थुनामुक्त भएका छन्।

जिल्लाको घोडाघोडी नगरपालिका-१ का चन्द्रप्रकाश चौलागाईं र धनगढी उपमहानगरपालिका-५ का यज्ञ तिवारी (हिजो) सोमबार पक्राउ परेकोमा आज थुनामुक्त भएका हुन्।

स्रोतका अनुसार जिल्ला सरकारी वकिलको कार्यालयले तिवारी र चौलागाईंलाई जिम्मा-जमानीमा छाडेको हो। आपराधिक विश्वासघातअन्तर्गत उनीहरुलाई थुनामा राखिएकोमा सहमति कार्यान्वयन गर्ने गराउने समझदारीमा चौलागाईं र तिवारी थुनामुक्त भएको बताइएको छ।

हार्डवेयर व्यवसायीसमेत रहेका चौलागाईं र धनगढीको विकास होटलका मालिक तिवारीलाई हिजो पक्राउ गरेर थुनामा राखिएको थियो।

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले तिवारीका नाममा आधा दर्जन उजुरी र चौलागाईंका नाममा पनि जग्गा ठगीको उजुरी प्रशासन कार्यालयमा परेको बताएका थिए।

उनीहरुलाई सोही उजुरीका आधारमा मिटरव्याज अन्तर्गत आपराधिक विश्वासघात, ठगी र अभद्र व्यवहार समेतको मुद्दा चलाउन खोजिएको थियो तर उनीहरु सरकारी वकिलको कार्यालयको पत्रले थुनामुक्त भएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.