|

बैतडी : जिल्लामा नेपाली नागरिकताको प्रमाणपत्र बनाउनेको संख्या घटेको छ भने राहदानी बनाउनेको संख्या बढेको पाइएको छ।  जिल्ला प्रशासन कार्यालयको तथ्यांक हेर्दा नागरिकता बनाउनेको संख्या घटेको र राहदानी बनाउनेको संख्या बढ्दै गएको हो। 

गत आर्थिक वर्ष २०७९/०८० मा छ हजार तीन सय ३८ जनाले नागरिकता बनाएका बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए।  जसमा ३ हजार ३ सय ९६ पुरुष र २ हजार नौ सय ४२ महिलाले नागरिकता बनाएका हुन्।  जसमध्ये १२ जनाले वैवाहिक अंगिकृत नागरिकता बनाएका  छन्।

यस्तै पाँच जनाले नेपाली नागरिकताको प्रमाणपत्र परित्याग गरेका छन्।

आर्थिक वर्ष २०७८/०७९ मा ८ हजार पाँच सय १४ जनाले नागरिकता बनाएका थिए। यो  एक वर्षको अवधिमा  ४ हजार दुई सय ५७ पुरुष र ४ हजार दुई सय ५७ महिलाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन्।  यस्तै २० जनाले  वैवाहिक अंगीकृत नागरिकता बनाएका छन्।  यस्तै ४ जनाले नेपाली नागरिकताको प्रमाणपत्र परित्याग गरेका छन्।

आर्थिक वर्ष २०७७/७८ मा ५ हजार  पाँच सय ६४ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए भने ६ जनाले नागरिकताको प्रमाणपत्र परित्याग गरेका थिए।

यसैबीच यहाँबाट राहदानी बनाउनेको संख्या ह्वात्तै बढेको छ। गत वर्ष २०७९/०८० मा जिल्ला प्रशासन कार्यालयबाट दुई हजार छ सय ८० जनालाई राहदानी वितरण गरिएको छ। जसमा २ हजार चार सय ९६ पुरुष र एक सय ८४ महिला रहेका छन्।  यो वर्ष द्रुत सेवाको लागि एक जनाको पनि सिफारिस गरिएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.