|

औद्योगिक उत्पादन सूचकांक (आइआइपी) द्वारा निर्धारण गरिएको भारतको कारखाना गतिविधि जुलाईमा ५.७ प्रतिशतले बढेको सरकारी तथ्यांकले देखाएको छ।

मंगलबार जारी तथ्यांकअनुसार जुलाईमा भारतको औद्योगिक उत्पादन ५.७ प्रतिशतले वृद्धि भएको हो। प्रयोगमा आधारित वर्गीकरणअनुसार प्राथमिक वस्तुको परिसूचक १४१.७, पुँजीगत वस्तुमा १०१.६, मध्यवर्ती वस्तुको १५१.८ र पूर्वाधार तथा निर्माण सामग्रीको १६८. ५ रहेको मन्त्रालयले जनाएको छ।

साथै उपभोक्ता टिकाउ र उपभोक्ता गैर टिकाउ वस्तुहरुको सूचकांक क्रमशः ११८.१ र १५२.२ मा रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.