|

काठमाडौं :अबदेखि राहत शिक्षकहरूलाई प्रतिस्पर्धामा भिड्न उमेरहद नलाग्ने भएको छ। शुक्रबार भएको सरकार र आन्दोलनरत शिक्षकहरूबीच भएको पाँचबुँदे सहमतिपत्रमा उक्त निर्णय भएको हो।

सरकारले संसद्‌मा दर्ता गरेको विद्यालय शिक्षा विधेयकमा यस्तो उमेरहदको व्यवस्था थिएन। जसकारण शिक्षकहरू असोज ३ गतेदेखि नै काठमाडौंमा विरोध प्रदर्शन गर्दै आएका थिए तर आज भएकाे सहमतिपत्रमा भनिएको छ, ‘प्रतिस्पर्धामा उमेरहद कायम नगर्ने।’

शिक्षामन्त्री अशोककुमार राईले शिक्षकहरूले राखेका मागको विषयमा अध्ययन गरी संसद्‌मा प्रस्तुत गर्ने जानकारी दिए। शिक्षकहरूको मागको विषयमा सरकारले पहल गर्ने भएपछि सबै आन्दोलन पनि फिर्ता लिएका छन्। आज पनि माइतीघर क्षेत्रमा विरोध प्रदर्शन गर्दै आएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.