|

सुर्खेत : नेकपा (एमाले) कर्णाली प्रदेशको अध्यक्षमा गुलावजङ शाह विजयी भएका छन् । अर्का उम्मेदवार मीनबहादुर शाहीलाई पराजित गर्दै शाह प्रदेश अध्यक्षमा विजयी भएका हुन् ।

आज (सोमवार) सम्पन्न मतगणना अनुसार शाहले ३६९ मत प्राप्त गरे । शाहीले भने २०७ मत ल्याए । यस्तै अध्यक्षमा उम्मेदवारी दिएका अर्का प्रकाश रोकायले भने जम्मा ४ मत मात्रै प्राप्त गरे । 

उपाध्यक्षमा टेकराज पछाईले ३४२, सचिवमा ध्रुवकुमार शाहीले ४०६, उपसचिवमा रविन्द्रकुमार शर्माले २९९ र रमेशबहादुर शाहीले २६६ ल्याएर निर्वाचित भएका छन् । कर्णालीमा कुल ६ सय ९ मत खसेको थियो ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.