|

काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बस्दैछ। बैठक बिहान ८ बजे सिंहदरबारस्थित विपद् व्यवस्थापन प्राधिकरणमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्प, त्यसबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल गर्न प्राधिकरणको बैठक बोलाएका हुन्। 

बैठकमा भूकम्पबाट भएको क्षति, राहत, पुनःस्थापनालगायत विषयमा छलफल हुने प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ। प्रधानमन्त्री दाहालले बुधबार बझाङका जनप्रतिनिधि र राजनीतिक दलका नेता बोलाएर भूकम्पबाट भएको क्षतिका बारेमा जानकारी लिएका थिए । 

बझाङ केन्द्रबिन्दु भएर ​मंगलबार अपराह्न २ बजेर ४० मिनेटमा ५.३ र ३ बनेर ६ मिनेटमा ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पबाट बझाङमा एक जनाको मृत्यु भएको छ। सर्वसाधारणका घर, विद्यालयलगायत भौतिक संरचनामा क्षति पुगेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.