|

काठमाडौं : सन् २०३० को फिफा विश्वकप फुटबल तीन महादेशका ६ देशले संयुक्त रुपमा आयोजना गर्ने भएका छन्।

२०३० को विश्वकपका खेलहरु स्पेन, पोर्चुगल र मोरक्को तथा तीन उद्घाटन खेलहरू उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा आयोजना हुने छन्। यस निर्णयलाई अर्को वर्ष हुने फिफा कांग्रेसले अनुमोदन गर्ने भएको छ।

स्पेन, पोर्चुगल र मोरक्कोलाई सह–आयोजक घोषणा गरिएको छ भने सुरुवाती तीन खेल तीन दक्षिण अमेरिकी राष्ट्रहरू उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा खेलाइनेछ।

उरुग्वेको राजधानी मोन्टेभिडियोमा विश्वकप सुरु भएको १ सय वर्ष पुगेको अवसरमा तीन खेल खेलाइन लागेको हो।

सन् २०३० को प्रस्ताव स्वीकृत भएको खण्डमा मोरक्को विश्वकप आयोजना गर्ने दोस्रो अफ्रिकी देश बन्नेछ। आयोजक ६ देश विश्वकपमा सिधै छनोट हुने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.