|

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संक्रमणकालीन न्यायको विषय टुंग्याउन ढिला गर्न नहुने बताएका छन्।

शनिवार नेपाली काँग्रेस पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय टुंग्याउन ढिला गर्न नहुने बताएका हुन्। उनले युद्ध टुंग्याएर शान्ति प्रक्रिया प्रारम्भ गरेको गतिमै बाँकी काम हुनुपर्ने भए पनि त्यसो हुन नसकेको बताए।

उनले अब उक्त विषय टुंग्याउन ढिला गर्न नहुने उल्लेख गर्दै संयुक्त राष्ट्रसंघका महासचिव नेपाल भ्रमणमा आएका वेला सकारात्मक सन्देश दिएर पठाउनुपर्ने बताए।

नेपालले भने, ‘हामीले एकदम छोटो समयमा शान्ति प्रक्रिया या राजनीतिक मूल प्रवाहमा ल्याउने काममा हामी सफल भएका थियौँ। त्यसैगरी त्योसँग जोडिएका द्वन्द्व व्यवस्थापनका सबै विषय छिटो टुंग्याउनु पर्थ्यो। अब धेरै ढिला गर्नु हुँदैन। संयुक्त राष्ट्रसंघका महासचिव आएका वेला हामीले सकारात्मक सन्देश दिएर पठाउनुपर्छ।’

अध्यक्ष नेपालले पुराना राजनीतिक दलहरू विभिन्न परीक्षामा जाँचिएर आएका उल्लेख गर्दै आफूहरू पुनः अग्नि परीक्षामा जाँचिन तयार रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.