|

काठमाडौं : काठमाडौं महानगरपालिकाले महानगरभित्रका सामुदायिक (सरकारी) विद्यालयहरूमा करारमा प्रधानाध्यापक राख्ने भएको छ। महानगरको शिक्षा विभागले आज (शुक्रवार) एक सूचना जारी गरि दरखास्त आह्वान गरेको छ।

महानगरपालिकाले ५ वर्षका लागि करारमा प्रधानाध्यापक छनोट गर्नुपर्ने भएकाले दरबन्दी मिलान तथा प्रधानाध्यापक नियुक्तिसम्बन्धी कार्यविधि, २०८० बमोजिम दरखास्त आह्वान गरिएको जनाएको छ। 

महानगरले आधारभूत तह (१–५) का लागि ६ जना, आधारभूत तह (१–८) का लागि २१ जना र माध्यमिक तहका लागि ४४ जना प्रधानाध्यापकका लागि दरखास्त आह्वान गरेको छ।

यसका लागि महानगरपालिकाले कम्तिमा सम्बन्धित तहमा ५ वर्ष स्थायी सेवा अवधि रहेको योग्यता तोकेको छ। निवेदन दिने अन्तिम मिति मंसिर १ गतेसम्म रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.